२१ कात्तिक, जनकपुरधाम । जााजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ ।
सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।विनासकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामाना बैठकमा गरिएको छ । जाजरकोट र रुकुमको संकटकमा सहयोग स्वरुप राहत पठाउने निर्णय भयो’ उनले भने ।सो सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद् बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।नेपाल सरकारको गृह मन्त्रालय मार्फत खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागेको उनको भनाइ छ ।