२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।