बुधबार, कात्तिक २२, २०८० सप्तरी- थ्रिनटथ्री राइफलको गोली र लागु औषधसहित सप्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागुऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागु औषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
राईफलको गोली र लागु औषधसहित २ जना पक्राउ
