काठमाडौं- १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ । एसियन क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन् । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई) मा हुँदैछ । नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्ने छन् । दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने एसीसीले जनाएको छ।
यू १९ एसिया कप क्रिकेटको समूह चरणमै नेपालले भारत र पाकिस्तानसँग खेल्ने
