बारा मिति २०८०।०७।२३ गते बिहान अं.०८:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्त हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट विशेष प्रहरी टोली खटि गई घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको निम्न उल्लेखित हातहतियार थान २ (दुई) र गोली राउण्ड थान १० (दश) बरामद गरि ५ (पाँच) जना व्यक्ति समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ ।
बरामद हातहतियार:-
१. रिभाल्वर थान १ (एक), ऐ. को गोली थान ७ (सात)
२. नलकटुवा पेस्तोल थान १ (एक), ऐ. को गोली थान १ (एक)
३. KF 12 लेखिएको गोली, जंगी राउण्ड थान २ (दुई)
पक्राउ परेका व्यक्तिहरू:-
१. जिल्ला बारा सिम्रोनगढ न.पा. वडा नं.११ भगवानपुर बस्ने रुपलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेल ।
२. ऐ.ऐ.बस्ने निज रुपलाल पटेलको छोरा अं.बर्ष २७ को धिरेन्द्र पटेल
३. ऐ.ऐ.बस्ने ढोडा राउतको छोरा अं.बर्ष ६२ को रुपलाल पटेल
४. जिल्ला रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने बिन्देश्वरी पटेलको छोरा अं.बर्ष ४४ को राजमंगल पटेल
५. ऐ.ऐ.बस्ने पाचु राउतको छोरा अं.बर्ष ८० को सोभा राउत