१. रौतहट, मिति २०८०।०७।२० गते अं. १९:१३ बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर न.पा. वडा नं. ०५ स्थित रहेको भित्रि सडक खण्डमा ई.प्र.का. सन्तपुर रौतहटबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा पेटभर्वा देखी कटहरिया तर्फ जाँदै गरेको ना ३० प ९०५९ नम्वरको मो.सा.मा शंका लागि चेकजाँच गर्दा उक्त नं. को मो.सा. पछाडि सवार जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने लंगड साह सोनारको छोरा वर्ष २६ को मिश्रीलाल साह सोनारले भिडने झोलाबाट निम्न परिमाणका चाँदी जस्तो देखिने गहनाहरू फेला परेकोमा, मो.सा. र मो.सा. चालक जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने बिपत साह सोनारको छोरा वर्ष अं. ३०को सुरेश कुमार साह समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. लक्ष्मिनियामा पठाईएको ।
निम्न
पाउजु – ७ जोड, ठुलो बाला – १ जोड, सानो बच्चाले लगाउने बाला – ३ जोड र १ थान, झुम्का – ६ जोड र १ थान, औंठी – १७ थान, सिकडी – १९ थान, हनुमान चित्र अंकित – २६ थान, दुर्गा चित्र अंकित १० थान, शिव अंकित – १ थान, केरा कसैली – २ थान, जंतर – २ थान, लकेट – १ थान, ब्रासलेट – ९ थान, बिछिया – ७८ जोड र १ थान, रहेको मिति २०८०।०७।२१ गते माथि उल्लेखित परिमाणका चाँदीहरुको मुल्य (सुनचाँदी व्यवसायिक संघले तोके बमोजिम) रू. १,९७,४१५/-, मो.सा. रू. ८०,०००/- बराबरको र २ जना थुनुवा सहित राजश्व अनुसन्धान कार्यालय पथलैया वारामा बुझाईएको ।