दशैंको समयमा एक किलो चिनी किन्न सर्वसाधारणहरु धादिङबाट काठमाडौं आएको कुरा सरकारको लागि लज्जाको विषय बन्नु पर्ने हो । तिहारको बेलामा पनि चिनीको उस्तै हाहाकार छ । बजारमा भइरहेको चिनीको हाहाकार शासकीय क्षमता नाप्ने एक कडी हो । गणतन्त्र स्थापना भएको १५ वर्षमा पनि जनता न्यूनतम् आधारभूत आवश्यकताबाट वञ्चित छन् । अहिलेको अक्षम नेतृत्वका कारण आम जनतामा वितृष्णा पैदा भएको छ, युवाहरू पलायन भएका छन् । समकालीन कुनै पनि नेताबाट उनीहरूले स्वदेशमा भविष्य देखेका छैनन् । अक्षम नेतृत्वको कार्यशैलीले आम जनतामा देखिएको निराशा र आक्रोश नै गणतन्त्रका लागि खतरा हो । गणतन्त्रका लागि खतरा दुर्गा प्रसाईं या रवीन्द्र मिश्रहरूबाट होइन ठूला दलका नेताको अक्षम कार्यशैली र भ्रष्ट चरित्रबाट छ, जसले जनतालाई अभावमा राखेर गणतन्त्र जोगाउने कुरा गरिरहेका छन् समकालीन नेताहरूले बुझ्न नचाहेको कुरा उनीहरू गणतन्त्रका आजीवन ठेकेदार होइनन्, यो व्यवस्था उनीहरूको पेवा होइन । उनीहरूको बुताले मात्र गणतन्त्र आएको होइन, जनता निर्णायक थिए । आलोपालो सत्ताको लुछाचुँडी गरिरहेका अहिलेको असफल नेतृत्वले मनन गर्नुपर्ने कुरा – उनीहरूपछि पनि देश झन् राम्रोसँग अगाडि बढ्छ । अहिलेको भ्रष्ट नेतृत्वले ठाउँ खाली गर्नेबित्तिकै नयाँ उन्नत पुस्ता राजनीतिमा आउने छ र गणतन्त्र सुदृढ हुनेछ । देशलाई अन्धकार सुरुङमा धकेल्न उद्धत अहिलेको राजनीतिक नेतृत्वले जति छिटो सन्न्यास लिन्छ देश त्यति नै छिटो प्रगति पथमा लम्किने छ । २१औं शताब्दीमा कुनै पनि तानाशाह जन्मिने या जनताले मिल्काएको राजतन्त्रको प्रेत जाग्ने कुरा सम्भव छैन । यो कुरालाई सटिक विश्लेषण गर्दै कांग्रेस नेता गुरु घिमिरेले बिहीवार ट्वीटर (एक्स) मा लेखेका छन्- ‘गणतन्त्र माथिको खतरा वर्तमान नेतृत्वको कार्यशैलीको परिणाम हो । गणतन्त्रकालीन १५ वर्ष देश र जनताका निम्ति निकै कष्टकर र निराशाजनक प्रमाणित भयो । यसको जिम्मा अहिलेसम्म देश चलाउने नेतृत्वले लिनुपर्छ र सम्पूर्ण भूमिकाबाट अलग हुनुपर्छ ।
दुर्गा प्रसाई को नेतृत्वमा मंसिर ७ गते हुने भनियको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान को कार्यक्रम र प्रसाईको देश व्यापी विभिन्न कार्यक्रमहरुको आयोजना , दिनानुदिन भ्रष्टाचार,दलालि,तस्करि,अपहरण,बलातकार मा राजनैतिक पार्टीका प्रमुख नेता र उनका सन्तानहरुको संलग्नताको आक्रोष । नेपाल जस्तो सानो र आर्थीक अवस्थामा कमजोर भएको देशमा ८००० को हाराहारीमा VIP छोटा राजाहरुको आगमन जस्ता विभिन्न बिकृतिका कारण सनातन हिन्दु राष्ट्रका निमित्त संघर्षरत व्यक्तिहरु को साथ समर्थनको माहोल । अनि दिन प्रतिदिन देशमा चारै तीर हिन्दु र हिंन्दुत्व प्रती भैरहेको को आक्रमणमा सरकारको मौनताको आक्रोष साथै देशमा धर्म निरपेक्षता घोषणा पश्चयात देशमा मुस्लिम धर्म मात्रको धार्मिक आयोग को गठन अनि देशको हरेक कुना कुना मा फैलिदै रहेको मुस्लिमहरु को मदर्सा मजस्जिद को बिस्तार र मुस्लिमहरु द्वारा देशको विभिन्न स्थानमा भएको आक्रमणको घटना ले झनै जनताको ठुलो हिस्सा ले प्रसाईलाई साथ दिने माहोल बन्दै छ यसै सिलसिलामा धर्म निरपेक्षता खारेजि अभियान का अध्यक्ष डा.राजिव कुमार झा जुन बिगत लामो समय देखी सनातन हिन्दुत्वका लागि संघर्ष गरि रहेका मस्जिद को लाऊड स्पिकर हटाऊने र नेपालमा कुरान बिक्रि बितरण र पठन पाठनमा प्रतिबन्ध लगाऊनका लागि नेपालको सम्मानित सर्वोच्च अदालतमा मुद्दा समेत दिने डा.झा ले समेत प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान मा आफ्नो समर्थन को घोषणा गरेको छ यस्तै साथ समर्थनका कारण सरकार मा सहभागि र अन्य राजनैतिक पार्टीका नेताहरु को आखाँ को निन्द्रा हराएको छ र बेचैनि बढेको छ ।
https://m.youtube.com/select_site?mibextid=9R9pXO