२९ कात्तिक- तिहारको प्रमुख दिन आज दिदीबहिनीले दाजुभार्इलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ ।
भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भाइटिकाका दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्छन् ।
राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने भए पनि सर्वसाधारणले भने दिनभर नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।