दुर्गा प्रसाईको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान, नेपाल द्वारा आयोजित मंसिर ७ को शान्तिपुर्ण गरिएको कार्यक्रम मा प्रहरी द्वारा लाठिचार्ज ,अश्रुग्यासँ मा परि धर्मनिरपेक्षता खारेजि अभियान का अध्यक्ष तथा सर्वोच्च अदालत मा मस्जिदमा लगाईएको लाऊड स्पिकर र नेपालमा कुरान वाचन एवं बिक्रिवितरण मा रोक,प्रतिवन्ध का लागि रिट पेश गर्ने डा.राजिव कुमार झा र धर्मनिरपेक्षता खारेजि अभियान कै अभियन्ता राजु जैसवाल काठमाण्डौमा भएको कार्यक्रमा घाईते भएका छन । प्रहरीको लाठीचार्जबाट डा.झा को हातमा गहिरो चोट,कान्छि औला भाचिएको छ भने खुट्टामा समेत चोट लागेको छ । त्यसैगरि राजु जैसवाल को खुट्टा र ढाडमा चोट लागेको छ भने राप्रपा नेतृ रोजिना गुरुङलाई पनि चोटपटक लागेको छ ।
प्रसाई नेतृत्वको कार्यक्रममा प्रहरीको झडपमा धर्मनिरपेक्षता खारेजि अभियानका अध्यक्ष राजिव झा ,राजु जैसवाल र रोजिना गुरुङ घाईते
