प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।
डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने प्रचण्ड नेतृत्वको सरकार प्रतिनिधिसभामा माओवादीको कमजोर अंक गणित भएका कारण चाँडै ढल्ने बताएका हुन् ।
‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् । प्रचंड नेतृत्वको सरकार ले भ्रष्टाचारलाई प्रोत्साहन समेत गरिरहेको जिकिर गरे