नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए।
‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए।
देउवाको यो अभिव्यक्तिले यति वेला राजनीतिकवृत्त तरंगित बनेको छ। कम बोल्ने र आफ्नै सुरमा काम गर्न रुचाउने नेताको चरित्र बनाएका देउवाले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता हटाएर हिन्दु राज्य पुनःस्थापना गर्ने अभिव्यक्ति दिएपछि नेपालको राजनीति रंगित बनेको हो।
कांग्रेस अहिले नेपालको सबैभन्दा ठूलो पार्टी हो। सरकारको नेतृत्व नगरे पनि सत्तामा उसकै हालिमुहाली छ। कांग्रेसको एउटा समूह नयाँ संविधान जारी भएदेखि नै धर्मनिरपेक्षको पक्षमा नरहे पनि देउवा यस विषयमा मौन थिए।
गत कात्तिक २१ गतेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको १२ बुँदे पक्षधरको बैठकमा भने उनले धर्मनिरपेक्षताको विषयमा फरक भनाइ राखे। ‘हामीले राजतन्त्र त्यागिसकेकाले अब त्यता फर्किंदैनौँ। हामी हिन्दु राज्यकै पक्षमा थियौं तर पछाडि धर्म निरपेक्षता स्विकार्यौ देउवाले भने