थाइल्याण्ड सरकारको सहयोगमा रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा बुद्धको मूर्ति स्थापना गरिएको छ।झण्डै २ करोडको लागतमा बनेको बुद्धको मूर्ति बनाउँन थाइ सरकारले सहयोग गरेको हो। नेपाली सेना तथा स्थानीय बासिन्दाको पहलमा बिहारमा साडे ९ फिट उचाई भएको बुद्धको मूर्ति स्थापना गरिएको चन्द्रपुर १ का स्थानियहरुले जानकारी दिए।
सो स्थानमा रहेको गोल्मा राजाको दरबारको भग्नावषेशलाई पुनर्निर्माण गरेर बिहार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बुद्धको मूर्ति स्थापना गरिउको उनले बताए।
उक्त स्थानमा करिक ३ सय वर्ष पहिला सेन बंशका राजाको दरबार रहेको इतिहारकारहरुको भनाई छ।