बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा सदस्यहरुमा प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।कांग्रेस सहितको गठबन्धन बाट अलभई पुनः ऐमालेसंग मिलेर बनेको नयाँ सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र जनमत पार्टीका अध्यक्ष डा.सि.के.राउतका का सहोदर भाई डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।
नयाँ सरकार गठन संगै योजना आयोगमा ४ सदस्य नियुक्त
