चौथो पटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिने निर्धारित कार्यक्रममा ।जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।मधेश प्रदेश मा जनमत पार्टीले मुख्यमन्त्री दाबी गर्दै आईरहेको छ सत्ता समिकरणको हरेक जोड घटाउमा गटबंन्धन को निर्माणमा भने जनमत पार्टी कुनैन कुनै माध्यमबाट सहभागी भैनै रहेको छ र जनमत ले मधेश प्रदेशको मुख्यमन्त्री दाबी गरेता पनी सांसद को जोडघटाउमा जनमत को ६ छ भने जसपा को १२ सांसद संख्या भएको ले जनमत ले आफ्नो चाहना पुर्ती गर्न पाईरहेको अवस्था देखीदैन
मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित
