३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।
यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।