सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।



