दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।
राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ र १७ नं वडा बिच शुरु भएको बिरोध र बिबाद बढदै गएपछि र्यालीलाई अगाडी बढन अबरोध गरेको थियो । एउटा समूहले र्यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।