विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका अर्थमन्त्री पुनले संयुक्त राज्य अमेरिकाको राजधानी बासिङ्टनमा युएस चेम्बर अफ कमर्सका कार्यालयमा भएको भेटमा अमेरिकी कम्पनीका प्रतिनिधिहरुले नेपालमा अनुमान योग्य व्यवसायिक वातावरण नभएको विषय उठाएपछी अर्थमन्त्री पुनले व्यवसायिक वातावरणमा निरन्तर सुधार गर्दै जाने विषय सरकारको प्राथमिकता भएको बताए।अर्थमन्त्रीसँगको भेटमा चेम्बरका साथैं अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनीका प्रतिनिधि सहभागी थिए ।अर्थमन्त्रीसँगको भेटमा उपस्थित अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनी, कोकोकोला प्रतिनिधिहरु सबैले स्थिर व्यवसायिक वातावरण साथै सरकारले स्टेबल र अनुमान योग्य वातावरण भएको अवस्थामा आफूहरुले नेपालसँग थप सहकार्य र मिलियनौ डलर नयाँ लगानी गर्ने योजना बनाएको बताए ।
अमेरिका भ्रमणमा रहेका अर्थमन्त्रीसँग अमेरिकी कम्पनीका अधिकारीको गुनासो: नेपालमा स्थिर व्यावसायिक वातावरण भएन
