प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा मधेश प्नदेशको बारा जिल्ला निजगड स्थित नेपाली सेनाले बनाउँदै गरेको काठमाण्डौ तराई-मधेश द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।
