शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । नेपाल समाजवादी पार्टीको अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितको टोलीले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । तर अर्का अध्यक्ष डा. बाबुरा भट्टराई भने माओवादीसँग एकताको विपक्षमा छन् । अभिमुखीकरण कार्यक्रममै आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ बाबुरामले बढी गरेको यादवको आरोप छ । बढी लोभी पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।उनले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि बाबुरामले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट हिसिलालाई उम्मेदवार बनाउन खोजेको पनि यादवले आरोप लगाए । ‘प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्’, उनले भने । तर नपाएपछि पार्टी एकताको विपक्षमा उभिएको यादवको भनाइ छ ।डा. बाबुराम भट्टराईलाई राष्ट्रपति वा पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाइदिएको भए यो पार्टी १५ दिनमा एकता हुन्थ्यो
डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा: महिन्द्र राय यादव
