कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।भने त्यसैगरी बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।आकस्मिक अवस्थामा उडान–अवतरण हुन सक्छ’, भने, ‘सामान्य अवस्थामा भीभीआईपी उडानलाई प्राथमिकता दिइन्छ ।’स्रोतका अनुसार राजा निजी जहाजमा आउने तयारी छ । उनको जहाज राख्न पार्किङ बे समेत खाली राखिने छ । राजासँगै सहयोगीहरुका अरू जहाज आउने–नआउने बारे भने खुलाइएको छैन ।