निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।१५ वैशाखमा हुने उपनिर्वाचनको लागि हिजो राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ । आउने शनिबार १५ गते बैसाख इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।काही कसैले निर्वाचन आचार संहिता उलंङघन गरेको पाईएमा उम्मीदवारी समेत रद्द हुने प्रावधान रहेको निर्वाचन आयोग ले जनाएको छ ।
उपनिर्वाचनको प्रचारप्रसार हिजो रातिदेखि गर्न नपाइने
