पाल्पाको तानसेनमा आजदेखि प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातै प्रदेशको प्रदेश सभामुखहरु भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने छन् ।कार्यक्रम को सबै तैयारी सम्पन्न भैसकेको र सम्पुर्ण अतिथिहरुको आगमन समेत भै सकेको छ। संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने उदेश्य अनुसार उक्त कार्यक्रम को आयोजना गरिएको छ ।
तानसेनमा केन्द्र र सातै प्रदेशका सभामुखहरू भेला बस्दै
