कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवाका प्राविधिक सहसचिव डा. गैरे ०८० वैशाख २ देखि बिनाजानकारी कार्यालयमा अनुपस्थित थिए । लामो समय गैरहाजिर डा. गैरेलाई उपस्थित हुन मन्त्रालयले अवसरसमेत दिएको थियो । तर त्यसको बेवास्ता गर्दै सम्पर्कमा नआएपछि मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय लिएको हो ।
बिनाजानकारी ९० दिनभन्दा लामो समय गैरहाजिर रहेको कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) अनुसार उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।