वन्यजन्तु दिएर विदेशीसँग सम्बन्ध जोड्ने र प्रगाढ बनाउने राजतन्त्रकालीन ‘संरक्षण कूटनीति’लाई गणतन्त्रकालीन राजनीतिक नेतृत्वले पनि निरन्तरता दिंदै आएका छन् ।
२०६२/६३ को जनआन्दोलनपछि केही समय हटेको थियो । २०७३मा कानुनमै व्यवस्था गरिएपछि फेरि नेपालले परस्थानीय संरक्षणका लागि भन्दै विदेशीलाई खुसी पार्नकै लागि देशभित्र संरक्षण गरिएका वन्यजन्तु उपहारमा दिइरहेको छ ।
२०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री र अग्नि सापकोटा वन मन्त्री भएका बेला पुनः वन्यजन्तु उपहारमा दिने क्रम शुरु भएको हो राजतन्त्रकालीन समयमा भने तत्कालीन राजा र राजपरिवारका सदस्यले तथ्यांक नराखी वन्यजन्तु उपहारमा दिएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् । तस्वीर अनलाइन खबरबाट
