रौतहटको दुर्गा भगवती गाऊँपालीका वडा नं ०३ मत्सरी मा आन्नद कुमार झा (ठोला झा) को घरमा दिनको अन्दाजी ३ बजे को समयमा बिधुत को तार सट भई निस्किएको झिल्काबाट गाई गोठ र गाई गोठ संगै टासिँएको घाँस दाउरा खेतमा पानी पटाउने पम्पिसेट तथा खेती किसानी मा प्रयोग हुने चिज

बस्तुहरु जलेर पुर्णरुपमा नष्ट भएको छ । गाई गोठमा २ गाई र १ बाछा भने पुर्ण रुपमा सुरक्षित छ अचानक आगोको ठुलो मुस्लो निस्किय पछि होहल्ला ले छरछिमेक को बाक्लो उपस्थिती ले आगो

नियन्त्रण मा लिन सफल भएको थियो । ३ महिना मात्र पहिला २ कोठाको खरको घर निर्माण गरिएको थियो घरको काठहरु ,पम्पिसेट को पाईप, फर्निचर बनाउन किनेर राखिएको सिसौ को २४ वटा पटा , २ टेलर भन्दा बढि काठ दाउरा २ टेलर भन्दा बढी गोबरबाट निर्मित गोईठा ,७ बोरा पशु आहार,सेलर को ब्राण्ड २०० किल्लो ,५० किलो पिना ,४० किलो को हाराहरिमा गाईलाई ख्वाऊने सखर मिठ्ठा ,३ टेलर भन्दा बढी गाईले खाने भुस लगायत लगभग ३-४ लाख बरावर को सम्पती जलेर पुर्ण नष्ट भएको छ
