वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले दीपेशलाई ४ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर छुट्दा फेरि सुन प्रकरणमा सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि पुन चलाखीपूर्वक धरौटी नबुझाई थुनामै बसेका थिए । सहकारी प्रकरणमा धरौटी बुझाएर रिहाभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन ।आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेरि पक्राउ गरेको हो पुनको नाम सुन काण्ड लगायत विभिन्न प्रकरणमा मुछिएको छ ।
धरौटीमा छुटदै पक्राउ पर्दै पुर्व उपराष्ट्रपति पुत्र दिपेश पुन
