इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । इलाम-२ को उपनिर्वाचनमा जारी मतदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरी मतदान गरेकाछन।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न । तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गर्नुभएको हो ।

उहाँले शनिबार बिहान माङसेबुङ गाउँपालिका-२ स्थित जनताकल्याण आधारभूत विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा घन्टी चिन्ह अंकित ब्याज लगाएरै मतदान गरेका थिए ।उपप्रधानमन्त्री तथा गृहमंत्रीले नेतृत्व गरेको पार्टीको सभापति रबि लामिछाने ले चुनाव प्रचार प्रसारकै क्रममा २ दिन मात्र अगाडी मौन अवधि सुरुहुनु केही समय पहिला ईलामबाटै भनेका थिए निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनी छोडीन्न अब हेर्न बाँक़ीछ उनले नै नेतृत्व गरेको पार्टी का उम्मीदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन गृहमंत्री ले कस्तो कार्यवाही गर्लान या आफुले दिएको अभिव्यक्तिबाट नै पछाड़ी हटलान ।