मिति २०८१/०१/१५ गते अं.१३;४५ बजेको समयमा अ.प्र.पोष्ट छेदिचौकमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नं. २ छेदिचौक स्थितमा शंकास्पद रुपमा जंगलसहियाबाट कटहरिया तर्फ आउदै गरेको प्र.२-०३-००१ह ३१५ नं. को अटोलाई रोकी चेकजाँच गर्दा चालक बसेको सिटमुनि रातो पलाष्टिकको झोलामा लुकाई छिपाई राखि ल्याएको १० किलो ५०० ग्राम (दश किलो पाँच सय ग्राम) ला.औ. गाँजा फेला पारी गाँजा, अटो र सोही अटोमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि थप अनुसन्धान कार्य भई रहको ।
निम्नः-
१) जि. बारा निजगढ न.पा. १ बजार टोल बस्ने विर्ख बहादुर वि.क को छोरा अं. वर्ष ४२ को अनन्त बराइली (अटो चालक) ।
२) ऐ.ऐ. बस्ने निजको श्रीमती अं. वर्ष ३५ की मन्जु बराइली पक्राऊ परेकाछन ।जिल्ला प्रहरी कार्यालय रौतहटको फेसबुक पेजबाट
रौतहटमा लागु औषध गाँजा सहित मानिस पक्राउ
