शिव ताण्डव स्तोत्र र भावार्थ
जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजङ्गतुङ्ग मालिकाम्
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम् ॥१॥
जटाबाट बगेको जलले पवित्र भएको कण्ठ,
घाँटीमा मालाको रूपमा झुण्डिएको सर्प,
अनि डमरूको डमट् डमट् डमट् ध्वनिको तालमा,
महादेव शिव अद्भुत ताण्डव नृत्य गरिरहनु भएको छ—
उहाँको कृपाले हामी सबै सम्पन्न र समृद्ध बन्न सकौँ ।
जटाकटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनि
धगद्धगद्धगज्ज्वल ल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम: ॥२॥
भगवान शिवप्रति मेरो गहिरो अभिरुचि छ,
जसको शिर अलौकिक गङ्गा नदीमा बगिरहने लहरका धाराहरूले सुशोभित भएको छ,
जसको निधारको सतहमा तेजस्वी अग्नि प्रज्ज्वलित भइरहन्छ,
अनि जसले आफ्नो शिरमा आभूषणको रूपमा अर्ध–चन्द्रमा धारण गर्नुभएको छ ।
धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर स्फुरद्दिगन्तसन्तति प्रमोद मानमानसे
कृपाकटाक्षधोरणी निरुद्धदुर्धरापदि क्वचिद्विगम्बरे मनोविनोदमेतु वस्तुनि ॥३॥
मेरो मनले भगवान शिवमा केवल खुसी खोजिरहोस्,
जसको मनमा अद्भुत ब्रह्माण्डको सम्पूर्ण जीवहरूको वास छ,
जसकी अर्धाङ्गिनी पर्वतराजकी पुत्री पार्वती हुनुहुन्छ,
जो सर्वत्र व्याप्त रहेको आफ्नो करुणामयी दृष्टिले असाधारण विपत्तिहरू नियन्त्रित गर्नुहुन्छ,
अनि जसले दिव्य लोकहरूलाई आफ्नो पोशाक जसरी धारण गर्नुभएको छ ।
जटाभुजङ्गपिङ्गल स्फुरत्फणामणिप्रभा कदंबकुंकुमद्रव प्रलिप्तदिग्व धूमुखे
मदांधसिंधु रस्फुरत्वगुत्तरीयमेदुरे मनोविनोदद्भुतं बिंभर्तुभूत भर्तरि ॥४॥
मलाई भगवान शिवमा अद्भुत सुख मिलोस्, जो सम्पूर्ण जीवनको रक्षक हुनुहुन्छ,
उहाँको सर्पको खैरो–रातो फणा अनि फणामाथि चम्किरहेको मणिले
त्यस दिशाका देवीहरूको सुन्दर अनुहारमा भिन्न–भिन्न रङ्गहरू छरिरहेको छ,
जुन विशाल र मदमत्त हात्तीको छालाबाट बनेको चमचमाउँदो दोसल्लाबाट ढाकिएको छ ।
सहस्रलोचन प्रभृत्यशेषलेखशेखर प्रसूनधूलिधोरणी विधूसरां घ्रिपीठभू:
भुजङ्गराजमालया निबद्धजाटजूटकः श्रियैचिरायजायतां चकोरबंधुशेखरः ॥५॥
भगवान शिवको कृपाले हामीलाई सम्पन्नता र समृद्धि मिलोस्,
जोसँग ताजको रूपमा चन्द्रमा छ,
जसको कपाल रातो नागको हारबाट बाँधिएको छ,
जसको पाउदान इन्द्र, विष्णु र अन्य देवताहरूको शिरबाट अर्पित फूलहरूबाट बगेको धुलोले गाढा रङ्गको भएको छ ।
ललाटचत्वरज्वल द्धनंजयस्फुलिंगभा निपीतपंच सायकंनम न्निलिंपनायकम्
सुधामयूखलेखया विराजमानशेखरं महाकपालिसंपदे शिरोजटालमस्तुनः ॥६॥
शिवका जटाहरूबाट हामीले सिद्धिहरू प्राप्त गर्न सकौँ,
जसले कामवासनाको देवता कामदेवलाई
आफ्नो निधारमा सल्किएको अग्निको झिल्काले भष्म गर्नुभएको थियो,
जो देवलोकका सबै स्वामीहरूको आदरणीय हुनुहुन्छ,
जो अर्ध–चन्द्रबाट सुशोभित हुनुहुन्छ ।
करालभालपट्टिका धगद्धगद्धगज्ज्वल द्धनंजया धरीकृतप्रचंड पंचसायके
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्र कप्रकल्पनैकशिल्पिनी त्रिलोचनेरतिर्मम ॥७॥
मेरो अभिरुचि भगवान शिवमा छ, जोसँग तेस्रो नेत्र छ,
जसले शक्तिशाली कामदेवलाई अग्निमा होमिदिनु भयो,
जसको विशाल निधारको सतह डगद् डगद्…को ध्वनिले दन्किरहन्छ,
उहाँ एकमात्र यस्तो कलाकार हुनुहुन्छ, जो पर्वतराजकी पुत्री पार्वतीको स्तनको टुप्पोमा
सजावटी रेखाहरू कोर्न निपुण हुनुहुन्छ
नवीनमेघमंडली निरुद्धदुर्धरस्फुर त्कुहुनिशीथनीतमः प्रबद्धबद्धकन्धरः
निलिम्पनिर्झरीधरस्तनोतु कृत्तिसिंधुरः कलानिधानबंधुरः श्रियं जगंद्धुरंधरः ॥८॥
भगवान शिवको कृपाले हामीलाई सम्पन्नता र समृद्धि मिलोस्,
जसले पूरै संसारको भार उठाउनुहुन्छ,
जो चन्द्रमाले मनमोहक बन्नुभएको छ,
जोसँग अलौकिक गङ्गा नदी छिन्,
जसको घाँटी तह–तहका बादलहरूले ढाकिएको औँशीको मध्यरात जस्तै अन्धकार छ
