मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन आजदेखि औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो ।
यो प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा पाएको थियो । कम्पनीले २०७३ भदौबाट प्रसारणलाइन जडान थालेको थियो ।
यही आयोजना अन्तर्गत काठमाडौं मातातीर्थ र तनहुँ मार्कीचोकमा २२०/१३२/३३ केभी क्षमताका सबस्टेशन निर्माण भएको हो । सबस्टेशन निर्माण सम्पन्न भएकाले दुबै संरचना औपचारिक रूपमा आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।