देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।देशभर तापक्रम वृद्धि भएकाले तराई र उपत्यकामा आइतबारदेखि पाँच दिनसम्म तातो हावा चल्ने हुनाले उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
विगत केहीदिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकोले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
।
वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने हुनाले महाशाखाले चेतावनीसहित अलर्ट रहन सबैलाई आग्रह गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न महाशाखाले निम्न उपायहरू सुझाएको छ ।
बच्ने उपाय:

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी ननिस्कन र हल्का तथा सुतीका कपडा लगाउन महाशाखाले अनुरोध गरेको छ ।
‘बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुहोला,’ आज बिहान जारी भएको सूचनामा भनिएको छ ।