
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ रङ : रातो मित्र राशि : सिंह, तुला, धनु भाग्यशाली दिन र नंबर :७।
मेष राशि – प्रोफाइल
राशीचिन्ह
मेढा
राशी स्वामी
मंगल
राशीतत्व
अग्नि तत्व
राशी स्वरूप
चर
राशीदिशा
पूर्व
राशीलिंग व गुण
पुरूष
राशीजाति
क्षत्रिय
शीप्रकृति व स्वभाव
क्रूर स्वभाव, पित्त प्रकृति
राशी को अंग
सिर
राशी को रत्न
मूंगा
अनुकूल रंग
रातो
शुभदिवस
मंगलबार, आइतबार
अनुकूल देवता
हनुमान, गणेश
व्रत, उपवास
मंगलबार
अनुकूलअंक
५
मित्र राशी
सिंह, तुला, धनु
शत्रु राशी
वृश्चिक, मीन
यस वर्ष मेष राशिको लागि बृहस्पतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले आर्थिक पक्ष शुभ छ । यस वर्षको समष्टिगत गोचर फल उत्तम रहेको छ । नवमेश गुरुको घरमा रहने भएकाले केन्द्रीय दोष लाग्ने छ । साथै मनमा भय, चिन्ता, त्रास जस्ता नकारात्मक प्रभाव बढ्न जानेछ ।
एकादश स्थानको एवगृही शनिले भने मध्यम फल प्रदान गर्ने छ । राहुको प्रभाव वर्षको उतरार्द्धसम्म रहने भएकाले धैर्यता अपनाउनु होला । वर्षको उतरार्द्ध पछिको समयमा नयाँ कार्य शुभ रहने छ । अरुको विश्वास जित्न सक्ने भएकाले व्यापार र कूटनीतिक पक्षमा सफलता प्राप्त होला । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिने छ साथै विवाहितका लागि सन्तान सुख प्राप्त हुने छ ।
गुरुको प्रत्यक्ष प्रभावले छात्रवृत्तिका साथै शैक्षिक येग्यताको लागि विदेश यात्रा होला । आफ्नो विश्वासपात्रबाट पूर्ण साथ प्राप्त हुनाले रोकिएको कामले गति प्राप्त गर्ने छ ।
वैशाखदेखि आश्विन माससम्मको समय शुभ रहे तापनि त्यसपछिको समयमा चोट पटक, लेनदेनका विषयमा विवाद, स्वास्थ्यमा केही समस्या उत्पन्न हुने छ । रोजगारी एवं राजनीतिक पक्षमा उतारचढाव आउने देखिन्छ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु,बो
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
वृष राशि – प्रोफाइल
राशी
वृष
राशी चिन्ह
साढे
राशी स्वामी
शुक्र
राशी तत्व
पृथ्वी तत्व
राशी स्वरूप
स्थिर
राशी दिशा
दक्षिण
राशी लिंग व गुण
स्त्री, रजोगुणी
राशी जाति
वैश्य
राशी प्रकृति व स्वभाव
सौम्य स्वभाव, वात प्रकृति
राशी को अंग
मुख
अनुकूल रत्न
हीरा
अनुकूल रंग
सेतो
शुभ दिवस
शुक्रवार, शनिवार
अनुकूल देवता
श्री लक्ष्मी, संतोषी
व्रत, उपवास
शुक्रबार
अनुकूल अंक
६
मित्र राशी
मकर, कुम्भ
शत्रु राशी
मेष, तुला, धनु
समग्रमा यस राशिको लागि यो वर्ष मिश्रित फल प्राप्त होला । कर्म भावको शनिले राजयोग बनाएको छ । त्यसैकारणले भाग्यमा चमत्कारी परिवर्तन ल्याउने र आठ स्थानको मालिक द्वादशस्थानमा गएकाले खर्च बढाउने छ । भाग्येश र कर्मेशको एकल राजयोगले भने समय बलवान बनाउने छ । धार्मिक क्षेत्रको रुचि बढ्नुका साथै सामाजिक काममा अग्रसर बनिने छ ।
वैशाख पछिको समयमा गुरु प्रतिकूल हुने भएकाले घर जग्गा एवं गृह निर्माण जस्ता कार्य सुरु हुने छन् । असोज ३० गते पछि राहु मीन राशिमा प्रवेश गर्ने भएकाले आर्थिक उन्नतिको हिसाबले त्यसपछिको समय निकै उत्तम मानिएको छ । श्रावण महिनाको मध्यतिर मुद्दा मामिला, झुटा लान्छनाको सिकार बन्नुपर्ने छ ।
आफ्नो पराक्रम वृद्धि हुनाले वैदेशिक रोजगारीमा पनि अवसर प्राप्त होला । व्यापारिक सफलता प्राप्त गर्नुका साथै शारीरिक उमङ्ग र मनमा प्रसन्नता छाउने छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभ रङ : हरीयो मित्र राशि : मेष भाग्यशाली दिन र नंबर :5
मिथुन राशि – प्रोफाइल
राशी
मिथुन
राशी चिन्ह
पुरुष को जोडी, गदा वा वीणा हातमा
राशी स्वामी
बुध
राशी तत्व
वायु तत्व
राशी स्वरूप
द्विस्वभाव
राशी दिशा
पश्चिम
राशी लिंग व गुण
पुरुष -कुमार)
राशी जाति
शूद्र
राशी प्रकृति व स्वभाव
क्रूर स्वभाव, त्रिधातु प्रकृति
राशी को अंग
कााध
अनुकूल रत्न
पन्ना
अनुकूल रंग
हरीयो
शुभ दिवस
बुधवार
अनुकूल देवता
विष्णु
व्रत, उपवास
बुधबार
अनुकूल अंक
५
मित्र राशी
मेष, तुला, कुम्भ, सिंह, कन्या
शत्रु राशी
वृष, वश्चिक, मकर
यस वर्ष मिथुन राशिको लागि गोचर समग्रमा राम्रो रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्ने छ । गुरुको अनुकूल प्रभावले गर्दा बोलिको प्रभाव वढ्नुका साथै अरुको विश्वास जित्नाले महत्वपूर्ण काममा सफलता हासिल गरिने छ । पारिवारीक साझेदारी कायम हुनेछ ।
नयाँ मित्रको आगमनका साथै परिवारमा पनि नयाँ सदस्य थपिने छ । वर्षको सुरुवातमा मेषको राहू अनुकूल बन्नाले आफूले सोचेको कठिन काम पनि सहजै सम्पन्न होला । पति–पत्नीबीचको सम्बन्ध झन् बलियो बन्ने छ । व्यापारमा अपेक्षाकृत मुनाफा मिल्ने छ ।
अकस्मात प्रेम सम्बन्धमा बाँधिने छ । विपरीत लिङ्गीद्वारा झुटा आरोप आउने भएकाले बर्षको उतरार्द्धमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
भाद्र महिना पछिको समय राहुका नकारात्मक प्रभावले नोकरीमा समस्या निम्त्यने छ । आर्थिक कारोबारमा सामान्य विवाद आउने छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
कर्कट राशि – प्रोफाइल
राशीचिन्ह
गंगटो
राशी स्वामी
चन्द्रमा
राशीतत्व
जल तत्व
राशी स्वरूप
चर
राशीदिशा
उत्तर
राशीलिंग व गुण
स्त्री, सतोगुणी
राशीजाति
ब्राहृमण
शीप्रकृति व स्वभाव
सौम्य स्वभाव, कफ प्रकृति
राशी को अंग
छाती
राशी को रत्न
मोती
अनुकूल रंग
सेतो क्रीम
शुभदिवस
सोमबार
अनुकूल देवता
शिवजी
व्रत, उपवास
सोमबार
अनुकूलअंक
२
मित्र राशी
वृश्चिक, मीन,तुला
शत्रु राशी
मिथुन, धनु, कुम्भ
वर्षको आरम्भमा अढैया शनिको प्रभाव र गुरुको केन्द्रीय दोषको कारणले स्वास्थ्यमा समस्या आउनुका साथै मनमा नकारात्मक प्रभाव बढ्ने छ । राहु र गुरुको संयोगले गुरु चाण्डाल योग बन्न जाने भएकाले धनमानको क्षति बेहोर्नुपर्ने छ ।
राहु र मंगलको प्रभावले भने महत्वपूर्ण काममा सफलता मिल्नेछ । गुरुको प्रभावले बोलीचालीमा मधुरता छाउने छ । परिवार र साथीभाइको साथ प्राप्तीले प्रतिस्पर्धात्मक काममा सफलता मिल्ने छ ।
व्यापारिक पक्षमा अढैया शनिको कारणले आर्थिक व्यवधान थपिने छ । धार्मिक एवं सामाजिक काममा झुटा आरोप प्रत्यारोप लाग्ने छ ।
शरीरमा रक्तश्राव एवं नशा सम्बन्धी समस्याले सताउने छ । आफ्नै प्रियजनबाट धोका पाइएला । पिता–पुत्रको सम्बन्धमा पनि विवाद निम्तने छ । राहु बलियो भएकाले आर्थिक पक्ष भने मजब्ुत बन्ने छ । पौष महिना पछि सत्रु भय कम हुने छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
सिंह राशि – प्रोफाइल
राशी
सिंह
राशी चिन्ह
सिंह
राशी स्वामी
सूर्य
राशी तत्व
अग्नि तत्व
राशी स्वरूप
स्थिर
राशी दिशा
पूर्व
राशी लिंग व गुण
पुरुष, सतोगुणी
राशी जाति
क्षत्रिय
राशी प्रकृति व स्वभाव -क्रूर स्वभाव, पित्त प्रकृति
राशी को अंग
ह्रद्य
राशी को रत्न
माणिक्य
अनुकूल धातु
स्वर्ण
अनुकूल रंग
रातो, पहेलो
शुभ दिवस
आइतबार, बुधबार
अनुकूल देवता
सूर्य
व्रत, उपवास
आइतबार
अनुकूल अंक
१
मित्र राशी
मिथुन, कन्या, मेष, धनु
शत्रु राशी
कर्कट, मकर, मीन
सिंह राशि भएका व्यक्तिलाई यो वर्ष ग्रहको पूर्ण साथ हुने छ । साहित्य, कला, संगीत क्षेत्रका व्यक्तिलाई अत्याधिक सफलता मिल्ने छ । पञ्चमेश गुरु भाग्य स्थानमा बस्ने भएकाले आँटेका कामका साथै अध्ययनमा सफल बनिने छ । आयात–निर्यात कार्यमा लाग्ने व्यक्तिहरूका लागि समय अनुकूल रहला । कूटनीतिक पक्ष भने मध्यम रहला ।
कार्तिक पछि राहुको नकारात्मक प्रभावले आर्थिक अभाव बढ्ने छ । राजनीतिमा संयमताका साथै धैर्यताका साथ अघि बढे सफलता मिल्ने छ । प्रिय व्यक्तिसँगको मित्रता प्रेम सम्बन्धमा बाँधिने छ । नयाँ कार्यको अवसर पनि प्राप्त होला । नोकरीमा पदोन्नति हुनुका साथै स्थानान्तरणको पनि अवस्था आउने छ ।
मनमा प्रसन्नता छाउनुका साथै शारीरिक स्फूर्ती बढ्ने छ । सामाजिक क्षेत्रबाट सम्मान मिल्नुका साथै धार्मिक यात्राको अवसर पनि प्राप्त होला । आफ्नो गोपनीयतामा जोड दिनुका साथै सजग बन्नु होला ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभ रङ : हरियो मित्र राशि : मेष, मिथुन, सिंह, तुला भाग्यशाली दिन र नंबर :आइतबार, बुधबार, ५
कन्या राशि – प्रोफाइल
राशीचिन्ह
हातमाधानलिएको कन्या
राशी स्वामी
बुध
राशीतत्व
पृथ्वीतत्व
राशी स्वरूप
द्विस्वभाव
राशीदिशा
दक्षिण
राशीलिंग व गुण
स्त्री
राशीजाति
वैश्य
शीप्रकृति व स्वभाव
सौम्य स्वभाव, वातप्रकृति
राशी को अंग
पेट
राशी को रत्न
पन्ना
अनुकूल रंग
हरियो
शुभदिवस
आइतबार, बुधबार
अनुकूल देवता
गणपति
व्रत, उपवास
बुधबार
अनुकूलअंक
५
मित्र राशी
मेष, मिथुन, सिंह, तुला
शत्रु राशी
सिंह, मेष कुम्भ
आश्विन महिनासम्म अष्टम राहु प्रतिकूल हुनाले शारीरिक समस्या उत्पन्न होला । सत्रु पक्षसँग सहकार्य गरेर आफन्तले नै नकारात्मक काममा फसाउने भएकाले सावधानी अपनाउनु होला । अप्रत्यासित विवादका कारणले मान सम्मानमा आँच आउने छ ।
कार्तिक पछिको समयमा शनि अनुकूल हुने भएकाले शारीरिक स्फुर्ती बढ्नुका साथै आर्थिक लाभ प्राप्त हुने छ । नयाँ एवं आयमुलक काममा अगाडि बढिने छ ।
ढाइमा अपेक्षाकृत नतिजा हात पर्ने छ । राजनीतिक पक्षमा उच्च स्थान हासिल गरिएला । व्यापारमा आर्थिक वृद्धिदर बढेर जाने छ ।
आषाढ, श्रावण, मंसिर र फागुन महिनामा सोचे अनुरुपका सफलता हात लाग्ने छन् । छात्रछात्राका लागि बर्षको अन्त्यतिर छात्रवृत्तिका साथै विदेश यात्रा बन्ने छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
तुला राशि – प्रोफाइल
राशीचिन्ह
तराजू
राशी स्वामी
शुक्र
राशीतत्व
वायु तत्व
राशी स्वरूप
चर
राशीदिशा
पश्चिम
राशीलिंग व गुण
पुरुष, रजोगुणी
राशीजाति
शुद्र
शीप्रकृति व स्वभाव
क्रूर स्वभाव, त्रिधातु प्रकृति
राशी को अंग
गुप्ताङ्ग
राशी को रत्न
प्लेटिनम, चांदी
अनुकूल रंग
सेतो
शुभदिवस
शुक्रबार
अनुकूल देवता
लक्ष्मी माता । संतोषी माता
व्रत, उपवास
शुक्रबार
अनुकूलअंक
६
मित्र राशी
मिथुन, मकर, कुम्भ
शत्रु राशी
कन्या, वृष, मीन
बृहस्पतिको सप्तमभावमा गोचर भई एकादश स्थानमा दृष्टि पर्न गएकाले तुला राशिको लागि यो वर्ष अनुकूल रहनुका साथै पराक्रम बढ्न जाने छ । शनि र गुरुको एकादश स्थान संयुक्त दृष्टि रहनाले प्रसस्तै आर्थिक लाभ मिल्ने छ । पारिवारजन र मित्रबाट सहयोग प्राप्त नभए पनि सत्रुपक्षलाई परास्त गरिने छ ।
सप्तमभावमा राहुको नकारात्मक प्रभावले पारिवारीक द्वेष र कलह बढेर जाने छ । कुनै पनि कार्यमा प्रतिस्पर्धात्मक अवस्था बढेर जानेछ । नयाँ प्रेमप्रति आकर्षित हुनाले पुराना व्यक्तिसँग सजग बन्नुपर्ने छ ।
व्यापारीक लगानी बढे तापनि आर्जन प्रसस्तै मात्रामा हुने छ । ज्ञान विज्ञानका क्षेत्रमा सोचेअनुरूप लाभ प्राप्त होला । वर्षको मध्यपछि सामाजिक क्षेत्रबाट प्रतिष्ठित हुने अवसर मिल्नेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
वृश्चिक राशि – प्रोफाइल
राशी
वृश्चिक
राशीचिन्ह -विच्छी
राशी स्वामी -मंगल
राशीतत्व
जलतत्व
राशी स्वरूप
स्थिर
राशीदिशा
उत्तर
राशीलिंग व गुण -स्त्री
राशीजाति
ब्राहृमण
राशीप्रकृति व स्वभाव -सौम्य स्वभाव, कफप्रकृति
राशी को अंग
पीठ
अनुकूल रंग
रातो
शुभदिवस
मंगलबार
अनुकूल देवता
शिवजी, भैरव, हनुमान
व्रत, उपवास
मंगलबार
अनुकूल रत्न
मूंगा
अनुकूलधातु
तामा
अनुकूलअंक
९
मित्र राशी -कर्कट, मीन
शत्रु राशी
तुला, मेष, मिथुन
अढैया शनिको प्रभावले तीव्र आलोचनाको सिकार बन्नुपर्ने छ । धनमाल हराउनुका साथै स्वास्थ्यमा अनेक प्रकारका व्यवधान उत्पन्न होला । सत्रु वृद्धि, काममा व्यवधान उत्पन्न होला । सन्तानको विषयमा पनि चिन्ता बढेर जाने छ ।
राहुको अनुकूल प्रभाव असोजसम्म रहने भएकाले समयअनुसार संयमता एवं धैर्यता अपनाउनु होला । वैशादेखि असोजसम्म राहु अनुकूल हुनाले आम्दानीका नयाँ अवसर प्राप्त हुने छ ।
राजनीतिमा गुमेको स्थान पुनः हासिल हुने छ । शनि र बृहस्पति प्रतिकूल हुँदा हाडजोर्नी सम्बन्धी समस्याले सताउने छ । नगद कारोबार गर्दा पत्नीको हातबाट गराउँदा उचित लाभ मिल्ने छ ।
नोकरीमा आइपरेका झुटा आरोप प्रत्यारोपलाई परास्त गरी काममा अगाडि बढिने छ । माघ महिना पछिको समय भने लाभप्रदायी बन्ने छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
धनु राशि – प्रोफाइल
राशी
धनु
राशीचिन्ह
धनुष वाण बोकेको
राशी स्वामी
बृहस्पति
राशीतत्व
अग्नितत्व
राशी स्वरूप
द्विस्वभाव
राशीदिशा
पूर्व
राशीलिंग व गुण
पुरुष, सतोगुणी
राशीजाति
क्षत्रिय
राशीप्रकृति व स्वभाव
क्रूर स्वभाव, पित्तप्रकृति
राशी को अंग
उरु
अनुकूल रत्न
पुष्पराज
अनुकूल रंग
पहेलो
अनुकूलधातु
सुन
शुभदिवस
आइतबार
अनुकूल देवता
विष्णु
व्रत, उपवास
विहीबार
अनुकूलअंक
३
मित्र राशी
मेष, सिंह
शत्रु राशी
वृश्चिक, वृष, कर्कट
धनु राशिका लागि यो वर्ष ग्रहगोचर शुभ रहेको छ । छैटौं स्थानमा मेष राशिको राहु रहनाले सत्रु पराजय हुनुका साथै सानातिना प्रयासले पनि महत्वपूर्ण कामहरु सम्पन्न हुने छन् ।
भाग्येश चन्द्रमा कर्म स्थानमा शुभ भएर बस्नाले नयाँ रोजगारी पाउनुका साथै पदोन्नतिका अवसर पनि प्राप्त होला । सहयोगीजनहरूको सहयोग प्रयाप्त रूपमा प्राप्त हुने छ । घर जग्गा एवं सवारी साधन जोड्ने योग छ ।
बोलीको प्रभाव बलियो हुनुका साथै अरुको विश्वास सजिलै जित्न सकिने छ । औद्योगिक कार्यमा संलग्नताको लागि वर्ष शुभदायी सावित हुने छ । कृषि एवं निर्माण काममा पनि उचित लाभ प्राप्त होला । राज्यस्तरीय सम्मान प्राप्तीको योग रहला ।
अनावश्यक विवादमा फस्नाले मानसिक विचलन भने बढ्न जाने छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
मकर राशि – प्रोफाइल
राशी
मकर
राशीचिहृन -गोही
राशी स्वामी -शनि
राशीतत्व
पृथ्वीतत्व
राशी स्वरूप
चर
राशीदिशा
दक्षिण
राशीलिंग व गुण -स्त्री, तमोगुणी
राशीजाति
वैश्य
राशीप्रकृति व स्वभाव -सौम्य स्वभाव, वातप्रकृति
राशी को अंग
घुडा
अनुकूल रत्न
नीलम
अनुकूल रंग
नीलो, आकासे रगं, कालो
अनुकूलधातु
फलाम
शुभदिवस
शनिवार
अनुकूल देवता
शनिदेव
व्रत, उपवास
शनिवार
अनुकूलअंक
८
मित्र राशी-कुम्भ
शत्रु राशी
धनु, मिथुन, सिंह
गुरुको प्रतिकूल प्रभाव वर्षभरि नै रहनाले घरेलु समस्या बढ्नुका साथै नयाँ काममा पनि कठिनाइ आउने छ । शनि साढेसतिको प्रभाव भने वर्षभरि नै रहने छ । सो कारण रक्तश्राव हुनुका साथै शारीरिक समस्या थपिएर जाने छ ।
नोकरीमा सावधानी नअपनाए स्थानान्तरण हुनुका साथै पदमुक्तसम्मको जोखिम निम्तने छ । निर्दोष भए पनि अरुको आरोपमा आफू फसिएला ।
शनि र गुरुको दशम भावमा दृष्टि रहने भएकाले केही सकारात्मक पक्ष पनि बढ्ने छ । वर्षारम्भमा गुरु शुक्र र मंगल अनुकूल रहनाले अध्ययन तथा अध्यापनमा सफल बनिएला ।
सन्तानको प्रगतिका साथै बौद्धिक क्षेत्रमा अपेक्षाकृत लाभ प्राप्त होला । भाद्र महिनामा स्वास्थ्यमा समस्या उत्पन्न हुनुका साथै पारिवारीक विवाद बढ्ने छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
कुम्भ राशि – प्रोफाइल
राशी
कुम्भ
राशीचिहृन
घैटो बोकेको नारी
राशी स्वामी
शनि
राशीतत्व
वायुतत्व
राशी स्वरूप
स्थिर
राशीदिशा
पश्चिम
राशीलिंग व गुण
पुरुष, तमोगुणी
राशीजाति
शूद्र
राशीप्रकृति व स्वभाव
क्रूर स्वभाव, त्रिधातुप्रकृति
राशी को अंग
खुट्टा
अनुकूल रत्न
नीलम
अनुकुलधातु
फलाम
अनुकूल रंग
निलो, कालो, आकासे रंग
शुभदिवस
शनिवार, शुक्रबार
अनुकूलदेवता
शनिदेव
व्रत, उपवास
शनिवार
अनुकूलअंक
८
मित्र राशी
मीन, वृष मकर
शत्रु राशी
कन्या, कर्कट
ग्रहगोचर समग्रमा शुभ रहने छ । कर्मेश तथा तृतीयेश मंगल पञ्चम भावमा बसेर एकादश स्थानमा हेर्ने भएकाले आफ्नो परिश्रमबाट प्रसस्तै धनलाभ हुने छ । सत्यता एवं इमान्दारीता देखाउनाले ठूलै जिम्मेवारी प्राप्त गरिने छ । वर्षभरि नै साढेसातिको प्रभाव रहने भए तापनि राशि स्वामी शनी राशिमै रहने भएकाले त्यति प्रतिकूलता बढ्ने छैन ।
वैज्ञानिक क्षेत्रमा अनुसन्धानमा लागेका व्यक्तिलाई चमत्कारी सफलता मिल्ने छ । सवारी साधन जोड्नुका साथै नोकरीमा उपयुक्त स्थान प्राप्त होला ।
अनावश्यक विवादले मानसिक सन्तुलन बनाइराख्न कठिनाइ आउनेछ । असोज महिनाको अन्त्यतिर राहु राशिमा प्रवेश गर्नाले स्वास्थ्यमा बाधाका साथै मनमा चन्चलता उत्पन्न हुने छ । उपलब्धिहीन कार्यमा पनि समय बित्ने छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
मीन राशि – प्रोफाइल
राशी
मीन
राशीचिहृन -माछा
राशी स्वामी -गुरु
राशीतत्व
जलतत्व
राशी स्वरूप
द्विस्वभाव
राशीदिशा
उत्तर
राशीलिंग व गुण
स्त्री, सतोगुणी
राशीजाति -ब्राहृमण
राशीप्रकृति व स्वभाव
सौम्य स्वभाव, कफप्रकृति
राशी को अंग
चरण युगल
अनुकूल रत्न -पुष्पराज
अनुकूल रंग
पहेलो
अनुकूलधातु
सुन
शुभदिवस
विहीवार
अनुकूल देवता
विष्णु
व्रत, उपवास
विहीवार, आइतवार
अनुकूलअंक
३
मित्र राशी -कर्कट, वृश्चिक
शत्रु राशी
कुम्भ, सिंह, तुला।
समस्टिगत रुपमा ग्रहगोचर मध्यम रहेको छ । आद्य साढेसातको सुरुवातले खर्च बढ्नुका साथै अनेक विवादमा फसिने छ । कर्म स्थानमा गुरुको दृष्टि बलशाली भएकाले राज्यबाट उचित स्थान प्राप्त होला । सत्रुपक्ष भने वृद्धि भएर जाने छन् ।
शैक्षिक, व्यावसायिक, दर्शनिक एवं धार्मिक क्षेत्रमा सुधार आउने छ । नयाँ प्रेममा केही व्यवधान आउनुका साथै विवाह सम्बन्धमा बाँधिने अवसर प्राप्त होला ।
आर्थिक उन्नतिका लागि नयाँ माध्यम मिल्ने छ । वैदेशिक कार्यमा यस वर्ष ग्रहको पूर्ण साथ हुने भएकाले सक्रिय भएर अगाडि बढेमा सफलता हात पर्ने छ ।
अषाढ महिना भने व्यक्ति अनुकूल बन्ने छैन । भाद्र महिनामा बढी परिश्रम गर्नुपर्ने छ । माघ महिनामा भने पराक्रम बढ्नाले आर्थिक लाभ प्राप्त हुने छ ।