यही वैशाख २३ गते परराष्ट्र मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा जापानकी विदेश मन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै छिन् ।विदेशमन्त्री कामिकावाले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री संग भेटघाट र द्विपक्षीय वार्ता गर्ने छिन र विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
