निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट अलग्गिएर राईले ‘जसपा’ मात्र राखेर पार्टी दर्ता गराएका हुन् ।प्रमाण पत्र दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए। सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो।उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।उनले सत्ता समीकरण फेरिनसक्ने आशयसहित लगातार अभिव्यक्ति दिनुको पछाडि उपेन्द्रले आफ्नो साथ नछोड्ने विश्वास लुकेको थिएन । किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो ।तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् ।

‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।एकीकृत समाजवादीको मनोविज्ञान कमजोर बनाउने डिजाइनमै जसपा फुटाइएको ब्रिफिङ अध्यक्षले सुनाउनुभयो’, बैठकमा सहभागी एक सांसदले भने । उनका अनुसार, दलका नेता एवं अध्यक्ष नेपालले जसपा विभाजन गैरकानुनी भएको समेत बताएका थिए ।प्रधानमंत्री बन्ने सपना र दौडधुपमामै रहेको अवस्थामा अचानक जसपा विभाजित को माहौलको अवस्था भएदेखी माधव नेपालमा पार्टी फुटको चिन्ता र त्रास बढेको छ ।