मंगलबार सभामुखले बोलाएको बैठकमा वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने छलफल भएको छ ।यस्तो छलफल भएको सभामुखको सचिवालयको भनाइ छ ।
बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । यसका लागि समय पनि निर्धारण हुने छ ।
सभामुख घिमिरेले संसद्को गतिरोध हटाउन राखेको बैठकपछि सबै नेताहरूले बोलेर व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्ने सहमति भएको हो ।तर नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।