अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
पर्सा, वीरगंज महानगरपालिका-१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका-५ बस्ने ३४ वर्षीय रबिन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ
कास्की, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।
उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु तथा अदालतमा मुद्दा मिलाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३७ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलि मुद्दामा कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै पीडितसँग ७ लाख रूपैयाँ र जिल्ला अदालत ललितपुरमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाई दिन्छु भन्दै अर्का पीडितसँग २३ लाख रूपैयाँ ठगी गरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं सोल्टीमोडबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ.
कास्की, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।
उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा शंखरापुर नगरपालिका-१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगायतको धनमाल तथा गोकर्णेश्वर नगरपालिका-५ बस्ने सृष्टी लामा समेतका घरबाट वैशाख २४ गते विभिन्न मोवाइल, ल्यापटप लगायतका धनमाल चोरी भएको घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ल्यापटप १ थान, मोवाइल १० थान, आइप्याड १ थान र ट्याव १ थान बरामद भएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।