उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विश्व स्वास्थय संग को कार्यक्रम मा अमेरिका भ्रमणमा रहेकै समयमा १२ सासंद मध्य ९ सांसद सहित पार्टी विभाजन पश्चयात जसपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए ।राजिनामा लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री प्रदिप यादवज्यूलाई मन्त्री र श्री हसिना खानज्यूलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार तोक्नु भएको छ।
आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री प्रदिप यादवज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो। साथै, सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री हसीना खानज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
२०८१ साल वैशाख ३१ गते सोमबार ।
(शैलजा रेग्मी भट्टराई)
