सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
