कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।यता, नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिटमा गत २५ वैशाखमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।