प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध सरकारले प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ।
कान्तिपुरले लोकतन्त्र स्थापनका लागि ठूलो भूमिका खेलेको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त बैठकबाट सरकारी कदमको भर्त्सान गर्ने निर्णय भएको उल्लेख गरे।
कान्तिपुरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगी र अपचलनको समाचार लेखेकै कारण रिस फेरिएको पनि महतले बताए ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सिरोहियामाथि गृहप्रशासन लगाएर गरिएको धरपकडलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत भनेको छ ।