भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् त्यसैगरी सभापति देउवाले भोलि बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । विपक्षी दलको बैठकमा कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन् । नेपाली कांग्रेसलगायत विपक्षी दलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाउदै
