सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा विरोध गर्दै आएका छन् ।संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष सहमत भए पनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सोमबार सम्म सकेको थियन । त्यसैले सदनको गतिरोध अन्त्य हुन सकेको थिएन र आज हुने बजेट भाषण को कार्यक्रम मा समेत संसद अबरुद्ध गर्ने कार्यक्रम कांग्रेस लगायत अन्य बिपक्षि पार्टी ले घोषणा गरिसकेको अवस्था थियो ।अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नेछन् । त्यसअघि
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ ।
आज संघीय संसदमा बजेट भाषण हुनुअघि विपक्षी दलहरुको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन् । देउवाले बोलाएको विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठकलाई चासोको साथ हेरिएको छ ।