अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।
गाँजाको विषयमा लामो इतिहास छ । गाँजाको खेती सवैभन्दा बढी मध्ये एसियामा भएको मानिन्छ । सवैभन्दा राम्रो गाँजा नेपाली भएको केहीको मान्यता छ । गाँजाको वैज्ञानिक नाम कयनाविस सटीवा (Cannabis Sativa) हो ।
गाँजाको प्रयोग ३००० विसिदेखि शुरू भएको केहिको अनुमान छ । गाजाँ संसारमा खेती गरीएका वनस्पतिहरुमध्ये सबैभन्दा पुरानो मानिन्छ । नेपालमा यो बनस्पतिको प्रयोग हिमालय क्षेत्रमा मानव सभ्यता विकाससँगै यसको प्रचलन शुरु भएको मानिन्छ ।
हिन्दु धर्मका देवता शंकर गाँजाको सेवन गर्ने भगवान् मानिन्छन । यसरी गाँजाको प्रयोग नेपालको संस्कृतिसित पनि गाँसिएको छ । वि.सं. २०३३ अर्थात सन् १९७३ भन्दा पहिले नेपालमा गाँजाको सेवन र ओसार पसार बैधानिक थियो । त्यसवेला नेपाल गाँजाको लागि संसारभरमा प्रख्यात थियो ।
काठमाडौंमा गाँजा खानको लागि मात्रै संसारभरका पर्यटक आउने गर्दथे । नेपालको पहाडी क्षेत्रमा विशेष गरी तत्कालिन भेरी, राप्ती र कर्णाली अञ्चलका जिल्लाहरुका कृषकहरु गाँजा खेती लगाउथे । यसको बिक्रीबाट आउने पैसाले तत्कालिन समयमा गाँउको आर्थिक स्थितिलाई धेरै माथी उठाएको देखिन्छ ।
दुखाई (Pain), अन्जाइटी (Anxiety), छारे (Epilepsy), ग्लुकोमा (Glaucoma), HIV-AIDS, आन्द्रा र पेट सुन्निने र दुख्ने (Inflammatory Bowl Disease), आन्द्रा र पाचन प्रणालीमा हुने दुखाई (Irritable Bowel Syndrome), क्यान्सर, सुत्न गारो हुने (Sleep Problem) ,जाड रक्सी र लागूऔषधको कुलत हटाउन समेत गाँजा महत्वपूर्ण औषधिको रूपमा प्रयोग हुने गरेको छ ।
गाजाबाट औषधि मात्र नभई कागज, तेल, कपडा, डाइपर, झोला, जुत्ता र फेब्रिसहरु र घर बनाउन समेत गाजाको प्रयोग हुदै आएको छ । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा गाँजालाई प्रतिबन्ध होइन गाँजाको उपयोग गरेर बेरोजगार मेट्ने काममा लाग्नुपर्ने समय आएको छ ।
गाँजालाई लागूऔषध (Psychotropic ) ग्रुपमा राखिएको देखिन्छ । गाँजा अव लागूऔषधको रुपमा होइन कृषि उपज देशलाई समृद्धितर्फ लग्न सक्ने देखिन्छ । गाँजाको विउलाई मुटु सम्बन्धी रोग, गाँजाको विउको पाउडर विशेष प्रोटिनको स्रोत र तेललाई विभिन्न रोगमा प्रयोग गराउन सकिने भएको छ ।
गाँजाबाट बनेका औषधिहरूले यसरी Psychotropic असर हुनाले औषधि निर्माणमा प्रयोग गरिन्छ । यस्तो Psychotripic असरको कारण निम्न लिखित रोगहरुको लागि औषधी बनाइन्छ ।
१. एन्टी-फिक्स्सी एजेन्ट
२. एन्टीडिप्रेसन्ट
३. एन्टिसाइकोटिक्स
४. मूड स्टेबलाइजर्स
आदि रोगमा प्रयोग हुने औषधि बनेर बजारमा आएको छ ।
यो देख्दा गाँजाको विकास गर्न हामी निकै पछाडी परेको महसुस गरिएको छ । आज संसारभर गाँजाको व्यापार व्यवसाय झण्डै १२० विलियन डलरको व्यापार भई रहेको र त्यसबाट नेपालले फाईदा लिन नसकेकोले नेपालमा गाँजालाई बैधानिकताको बाटोमा लगी गाँजाको खेती विस्तार गरी बाझो जग्गाको सदुपयोग गरी गाँजालाई सम्बृद्धिको अभियानसँग जोड्नु पर्दछ ।
विगद लामो समयदेखि मैले यस बारेमा प्रकाश पार्दै आएको छु । परिवर्तन हामीले गर्ने । हिजोका केहि अल्पविकसित राष्ट्रहरूले समेत गाँजाको साहेताबाट धेरै अगडी बढि सके तर नेपालमा भने गाजालाई प्रतिबन्ध गरिएको छ । यदि गाजालाई प्रतिबन्ध गर्ने हो भने गाँजाको प्रयोगबाट बनेका सवै औषधिमा प्रतिबन्ध गर्न सक्नुपर्छ नत्र भने सरकाले आफ्नो निगरानीमा राखेर गाजालाई खेती गर्न दिनुपर्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर,
