प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ भने राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत साथै वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको छ ।यस्तै तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
