सत्ता पक्षका प्रमुख घटक नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।

बैठकमा अर्थमन्त्रीले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ सोको संबन्धमा साथै पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।