भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह जस्ता मधेशको प्रमुख समस्यालाई । समाजमा उजागर गरि यस्तो कुरितिबाट मधेशलाई बचाँउने उदेश्यले मधेशमा पहिलो पल्ट फिल्मको माध्यमबाट जनचेतना फैलाउने के.एम फिल्म प्रा.लि ।

पुरुष प्रधान देश अनि त्यसमा पनी छोरा ईश्वरको बरदान र छोरी ईश्वरको श्राप ।भन्ने सोच बिचार र चलन चल्तिबाट अगाडि बढिरहेको ।मधेशको सामाजिक बातावरणलाई केहि हद सम्म निरुत्साहित गर्ने प्रमुख उदेश्य बोकि । पहिलो पटक रौतहटको दुर्गा भगवती गाऊँपालीका वडा नं ०३ मत्सरीका कृष्णा मणि बादशाह ले ।आफ्नो के.एम फिल्मस प्रा.लि र सुधिर ईन्टरटेनमेन्ट प्रा.ली संगको सहकार्यमा । भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह जस्ता समाजमा बढदै गईरहेको बिकृतिहरुलाई । न्युनिकरण गर्ने प्रमुख उदेश्यले समाजमा जनचेतना का लागी निर्माण हुन गैरहेको फिल्म (पगडी्) संबन्धि । सल्लाह सुझाव तथा अन्तर्रक्रिया कार्यक्रम गौर स्थित आशिर्वाद प्यालेसमा दुर्गा भगवती गाऊँपालीका प्रमुख शम्भु सिंह

र अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको लक्ष्य उदेश्य र अवधारणालाई जनस्तरवाट कामकाज गर्न गठित । भ्रष्टाचार बिरुद्ध नागरीक निगरानी रौतहटका का प्रमुख संजिव झा

को बिशेस आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा जिल्लाको स्थानिय कलाकारहरु ,पत्रकार ,समाज सेवी शिक्षक ,वकिल आदि ईत्यादीहरु को बाक्लो उपस्थिती रहेको थियो ।साथै कार्यक्रममा विभिन्न बक्ताहरुले आ-आफ्नो मनतव्य राखेका थिए त्यसतै भोजपुरि फिल्म ईन्डस्ट्रि का नाम चलेका डाईरेक्टर प्रोड्युसरहरु को समेत उपस्थिति रहेको थियो । उक्त्त फिल्मको सम्पुर्ण स्क्रिप्ट पटकथा तैयार भैसकेको । अब चाडैनै सुटिङ्गमा लाग्ने जानकारी कार्यक्रमका सभापति एवं के.एम फिल्मस प्रा.लीका प्रबन्धक

कृष्णा मणि बादशाहले जानकारी गराएका छन ।