प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने तयारी गरिएको छ । त्यसका लागि एक हप्ताभित्र मन्त्री हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयबाट हटाइँदै छ ।