नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वसभामुख दमन्नाथ ढुंगानाले लोकतान्त्रिक व्यवस्था कम्युनिस्ट पार्टीले बचाउन नसक्ने बताएका छन् ।
कम्युनिस्टले लोकतन्त्रलाई प्रयोगमात्र गर्छन् । प्रजातन्त्रको रक्षा गर्ने विकल्प भनेको प्रजातान्त्रिक दल नै हो ढुंगानाले अहिलेको संविधानमा जनताले अपनत्व लिनै नसकेको पनि बताए । यसका लागि कांग्रेसले बहुमत ल्याएर प्रजातान्त्रिक व्यवस्था सवल बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।यो परिवर्तनमा संविधानमा जनताले अपनत्व लिएकै छैनन्,” उनले भने ।लोकतान्त्रिक दलले मात्रै लोकतान्त्रिक व्यवस्था बचाउन सक्ने उनको भनाइ छ ।कम्युनिस्ट दलहरूले लोकतन्त्रको गलत प्रयोग गर्ने र व्यवस्थालाई भित्रैबाट कमजोर बनाउने जिकिर गरे ।