उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो । बहसका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकका तर्फबाट अनुपम भट्टराईले बहस गरिसकेका छन् भने त्यसपछि अधिवक्ता रमण कर्णले बहस गरिरहेका छन् । उनीपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ
